चितवन । चितवनमा गएराति एकजनाको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ बर्षिय युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ । उनि साइकलमा सवार थिए ।
पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकमा हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्री ति युवकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका साइकलयात्री युवकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।









