काभ्रे । फुटबलको बिषयमा विवाद हुँदा गोली चलेको छ । काभ्रेको रोशी गाउँपालिका–११ मा फुटबल प्रतियोगिताको बिषयलाई लिएर विवाद हुँदा गोली चलेको हो । काभ्रे प्रहरीका अनुसार आइतबार राति गोली चलेको हो ।
रोशी गाउँपालिकाको कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’ को आयोजना गर्ने तयारी भइरहँदा छलफलका क्रममा गोली चलेको बताइएको छ ।
छलफलमा विवाद ुहँदा गोली चलेको भएपनि कुनै मानविय क्षती नभएको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । गोली चलाउने ब्यक्तीको खोजी तिर्व भइरहेको पनि उनले बताए ।











