
काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनका साथै करिब ४२ यात्रु घाइते भएका छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरेमा शुक्रबार बिहान करिब ० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका ५ जनामा ४ पुरुष र १ महिला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृतकहरुको सनाखत भइनसकेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्ले बताए ।
बसमा सवार यात्रु दशैं मनाएर काठमाडौं फर्किदै थिए । डीएसपी काफ्लेका अनुसार घाइतेको उद्धारगरी अस्पतालमा पुर्याइएको छ ।
बस सडकबाट करिब दु ५० मिटर तल खसेको छ । दुर्घटनाबारे अनुसंन्धान भइरहेको प्रहरीको भनाई छ ।











