दुर्गेस थापा यसरि सार्वजनिक माफी मागेर प्रहरीबाट छुटे(भिडियोसहित)


काठमाडौं । गीतको बिषयलाई लिएर पक्राउ परेका गायक दुर्गेस थापा सार्वजनिक माफी मागेर छुटेका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको बिकृतीपुर्ण तिहार गीतबारे महानगरीय अपराध महाशाखा टेकु, काठमाडौंमा उजुरी परेपछि उनि मंगलबार पक्राउ परेका थिए ।

टेकु प्रहरीमा दुर्गेसले आफुबाट गल्ती भएकोमा सार्वजनिक माफी माग्दै युट्युबबाट उक्त गीत हटाएपछि मंगलबार साँझ नै उनलाई एकपल्टका लागि माफी दिएर छोडिएको महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

मनोरंजनका नाममा गीतमा कानून विपरीतका शब्द प्रयोग गरेर समाजमा बिकृती फैलाउन खोजिएको भन्दै दुर्गेस बिरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

उनले उक्त गीतमा गाँजा खाउँ, बियर खाउँ लगायतका प्रचारशैलीका शब्द राखेर तिहार गीत भन्दै केहि दिन अघि सार्वजनिक गरेका थिए ।
उनको गीतमा सयौं दर्शकले समाजमा बिकृती फैलाउने गीत भन्दै नकारात्मक कमेन्ट गरेका थिए । गीतमा नकरात्मक कमेन्ट बढि आएपछि दुर्गेसले कमेन्ट बक्श नै गायब गरेका थिए ।

यो पनि पढ्नुस

गायक दुर्गेश थापाविरुद्ध उजुरी, ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत हटाउनुपर्ने माग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार