प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनु भएको थियो । मंगलबारबाट उहाँको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उहाँको रगत परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको जनाएको छ । सेन्टरका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले, ‘उहाँले मंगलबार विहान ब्रेकफास्ट समेत लिनु भएको बताउनु भयो । चिकित्सकको टोलीले उहाँलाई केही दिन अस्पतालमै राख्ने बताएको छ ।
उहाँको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातिरोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ । उहाँको स्वास्थ्य सुधारोन्मुख भएपछि केही भिभिआइपी र आफन्तलाई उहाँसग भेटघाट गर्न दिइएको छ ।