पार्टीले राजीनामा दिन भनेपछि उपसभामुखले दिनुपर्छ–संचारमन्त्री


काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीले राजीनामा दिन भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दिनुपर्ने बताएका छन् ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि तुरुन्त राजिनामा दिनुपर्ने बताए ।

“सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको हो । पार्टीले फिर्ता हुनु भनेपछि हामी सबैले मान्नुपर्छ, जहाँसम्म उपसभामुखको कुरा छ उहाँले दिन्छु दिन्न भन्नुभएको छैन । पार्टीले निर्णय गरेपछि उहाँले मानिहाल्नुहुन्छ,” मन्त्री बास्कोटाले भने ।

पूर्वसभामुख कुष्णबहादुर महरा यौनकाण्डमा कारागार गएपछि रिक्त रहेको सभामुख पदमा कसलाई लैजाने भन्नेबारे चर्चा चलिरहँदा उपसभामुख तुम्बाहाम्फे अपठ्यारोमा परेकी छन् । उनलाई राजीनामा गर्न लगाएर सभामुख फेरी पनि सत्तारुढ दल नेकपाबाटै बनाउने गृहकार्य भइरहेका बेला तुम्बाहाम्फेले भने सभामुख पद आफुलाई दिए मात्रै राजीनामा दिने बताउँदै आएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार