प्रदेश ३ को नाम ‘बागमती’ र राजधानी ‘हेटौडा’ राख्ने निर्णय


काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा हुने भएको छ । आइतबार बिहान बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरिएको नेकपाले जनाएको छ ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

यद्यपी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौडा नै उपयुक्त राजधानी हुने भन्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार