सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

काठमाडाैं । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।

यसका साथै सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाे हटाइएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ । यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल गरेका थिए ।
सोडारीको बारेमा धेरै गुनासा आएकाले उनलाई हटाइएको स्रोतले जनाएको छ ।

तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टीभित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्छन् । प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यस अघि देश प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पनि बर्खास्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार