
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोली र व्यवहारमा सामञ्जस्यता आउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिदै बोली र व्यवहारमा सामञ्जस्यता आउनु पर्ने बताए ।
प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् ।’
भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने तय भएको उल्लेख गरेका उनले एकीकृत समाजवादीले के गर्छ भन्ने चाहिं खुलाएनन् । उनले भने, हामी पनि चाहनौं कि छिनछिनमा सरकार परिवर्तन होस् ।’
वर्तमान सरकारले संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने बताउनु भयो ।







