चितवन । विश्व कोरोना महामारीसँग लडिरहेका बेला नेपालमा भने हत्या र हिंसाका घटनाहरु दिनदिनै बढीरहेका छन् । सामान्य घरायसी विवादमा आफ्नै घरका सदस्यलाई बन्चरो, चिरपट र खुकुरी प्रहार गरी हत्या गर्ने घटनाहरु बढीरहेका हुन् ।
त्यस्तै शनिबार राति पूर्वी चितवनमा खुकुरी प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको खैरहनी नगरपालिका ९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको प्रहरीले अनुसनधान गरिरहेको बताएको छ ।










