
वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला रहेकी छन् ।
साउन १४ गते स्वास्थ्यमा समस्या भएपछि नारायणीको वयोधा अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान मृत्यु भएको थियो । शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा राति उनको रिर्पोट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
सुगरबाट पीडित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको अस्पतालले जनाएको छ ।










