
काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचबिखनमा परी यौ’न ब्यवसायमा लगाइएकी युवतीको उद्धार गरिएको छ । एक वर्षअघि काठमाडौंबाट लगिएकी ति महिलाको आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धार गरी स्वदेश ल्याइएको छ ।
दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौ’न व्यवसायमा लगाएको खुलेको आफन्त नेपालका नवीन जोशीले बताए ।
उद्धार गरी नेपाल फिर्ता ल्याइएकी ती महिलालाई अहिले क्वारेन्टिनमा राखिएको जोशीले बताए । गलत काममा लगाइएको र विभिन्न औषधी खुवाइएका कारण ति महिलाको मानसिक स्थिति बिग्रिएको आफन्त नेपालका परामर्शदाता लक्ष्मी विष्टले बताइन ।











