
भारत । भारत र चीनको सीमा नाका लद्दाखमा फेरि तनाब बढेको छ । शनिबार र आइतबार राति चिनियाँ जनमुक्ति सेनाले पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेपछि तनाब बढेको हो
आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्, ‘अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ।’
उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन्।
गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यो बेला देखि लद्दाखमा दुई देशका सैनिकबीच सम्बन्ध बिग्रिएको छ ।








