
भक्तपुर । पत्रकार राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का बरिष्ठ समाचारदाता कार्कीमाथि भौतिक आक्रमण हुँदा उनको टाउकोमा गीम्भर चोट लागेको छ ।
उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० का उद्धव कार्कीले आक्रमण गरेको बताइएको छ । आक्रमण गर्नुको कारण खुलेको छैन् ।
आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न पत्रकार महासंघ काभ्रे शाखा र प्रेस युनियन काभ्रेले विज्ञप्तिमार्फग अनुरोध गरेको छ ।
पत्रकार कार्की प्रेस युनियनका केन्द्रीय समेत हुन् ।












