
काठमाडौं । विवादकाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । आइतबार दिउँसो कोरोनाबाट बच्ने उपाय अपनाउँदै पुल्चोकमा रहेको रथलाई तानिएको हो । भिडभाड नगरी रथलाई सावधानी साथ पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने छ । सिमित संख्यामा बाजागाजासहित रथलाई तानिएको छ ।
कोरोनाका कारण यसबर्षको रथ थात्रा प्रभावित भएको छ ।साइत हेरेर भदौ २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा बोकेर पुजारीहरुले बुङमती पुर्याउइने छ । बिहीबार रथ तान्ने बिषयमा पुल्चोकमा झपड भएपनि यसबर्षको मत्स्येन्द्रनाथको रथ विवादमा परेको छ ।
शुक्रबार क्षमा पुजा गरेपछि मात्रै आइतबार रथ तानिएको हो । बिहीबार क्षमा पुजा नै नगरी रथ तानिएको बिषयमा मत्स्येन्द्रनाथका पुजारी, विभिन्न जातीय संगठनहरु अनविज्ञ थिए ।
ललितपुरका विभिन्न जातीय संगठन, पुजारी र प्रशासनबीच भएको सहमती पश्चात आइतबार रथ तान्ने कार्यक्रम भएको हो ।
कोरोनाका कारण यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने काम नहुने बताइएको छ ।










