
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी भण्डारीले प्रधानमन्त्री कार्की पदमुक्त भएपछि राजीनामा दिएकी हुन् ।
सामान्यतया प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ ।
उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् । करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी पदाधिकारीमा भण्डारी पर्छिन् ।
उनले आफ्नो कार्यकाल भर कयौं विवादास्पद निर्णय गरिन् ।










