वीरगञ्ज । दुई जनाबीच विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ । बाटो छेउको पर्खाल निर्माणको विषयमा वीरगञ्ज महानगरपालिका १८ का स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएका हुन् ।
प्रहरीले गोली चलाउने साहका छोरा र मोहन साहलाई पक्राउ गरेको छ । साहका छोराले घरमा राखेको बन्दुक लगेर पड्काएको बताइएको छ ।
घटनास्थलबाट फायर भएको १ राउण्ड कार्टिज फेला पारेको प्रहरीले जनाएको छ ।
याे पनि पढ्नुहाेस् ।












