
चितवन । हिरासता रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछाने लगायत युवराज कँडेल, र रुकु भनिने नर्स अस्मिता कार्कीको नाम मुछिएपछि पक्राउ परेका उनलाई आज दोस्रो पटक जिल्ला अदालत चितवनमा उपस्थित गराइएको हो ।
गत बिहीबार पक्राउ परेका उनिहरुलाई अर्को दिन शुक्रबार पहिलो पटक अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले दिएको अनुमती अनुसार आज उनिहरुलाई पुनह उपस्थित गराइएको चितवन प्रहरीले बताएको छ ।
आरोपित लामिछाने, कँडेल र कार्की उपर पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ ।
के हुन्छ त आज ?
जिल्ला अदालत चितवनका अनुसार उनिहरुको मुद्धामा अदालतबाट अजै म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ ।
घटनाबारे तिनै जनासंग प्रहरीले दिएको वयानसहित अनुसन्धानको फाइल अनुसारमा अदालती प्रकृया अघि बढ्ने छ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार कानुन व्यवसायी उपस्थित भएमा आज पनि बहस हुनेछ ।
यस घटनाको बिषयमा एकजना वकिल तथा पूर्वपत्रकारको सनसनीपुर्ण अन्तवार्ता हेर्नुहोस ।








