गुल्मी । जीप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनिया विक, २६ वर्षीय विष्णु विक र चालक ३० वर्षीय ज्ञानबहादुर विक रहेका छन् ।
घाइतेहरु सबैलाई उपचारका लागि बाग्लुङ्गको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना भएकाे हाे ।









