कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुग्यो, १२९ संक्रमित, नेपालीमा त्रास


काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने १२९ जना संक्रमित भएका छन् ।

मंगलबार बिहान मुम्बईमा ६५ बर्षीय एक बृद्धको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको भाररतिय स्वास्थ्य विभागले जनाएको छ ।
ति ६५ बर्षीय बृद्धको मुम्बइको कस्तूरबा अस्पतालमा उपचारका क्रममा मृत्यु भएके भारतिय संचारमाध्यमहरुले जनाएक छन् ।

यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसबाट भारतका १५ वटा राय प्रभावित भएा छन् । भारतभर अहिलेसम्म १२९ जनामा संक्रमण पाइएको छ । तीमध्ये महाराष्ट्रमा मात्रै ३६, केरला २२, हरियाणा १ उत्तरप्रदेश १२, कर्नाटक ८, दिल्ली ७, तेलँगाना ४, राजस्थान २, लद्दाख ७, जम्मु कश्मिर ३, पंजाब, १, आन्ध्रप्रदेश १, तमिलाडुं १, उत्तराखण्ड १ र ओडिसा मा १ जना संक्रमित पाइएको छ ।

भारतिय सरकारले सबै नागरिकलाई भिडभाडयुक्त ठाँउमा नजान आग्रह गर्दै सबैलाई मास्क प्रयोग गर्न सुझाव दिएको छ ।

भारतमा रहेका नेपालीमा त्रास,धमाधम घर फर्किदै
चीनबाट फैलिएको कोरोना भाइरस भारतमा पनि देखिएपछि रोजगारीका लागि त्यहा रहेका नेपालीहरु त्रसित भएक छन् ।

भारतका विभिन्न ठाँउमा कोरानाका कारण ३ जनाको मृत्यु हुनका साथै १२९ जना संक्रमित भइएको खबर आएप्छि उनिहरुमा त्रास आएको हो ।

भारतको प्राय दिल्ली, मुम्बई, पंजाब, राजिस्तान, ब्यांग्लोरमा बढि नेपालीहरु रोजगारीको शिलशिलामा रहेका छन् । त्यहाँ लाखौंको संख्यामा नेपाली रहेका छन् । भारतका विभिन्न ठाँउमा कोराना संक्रमित देखिएपछि उनिहरु धमाधम नेपाल फर्किदैछन् ।

भारतबाट नेपाल फर्केका उनिहरुलाई सीमामा रहेका स्वास्थ्य जाँच टोलीले कोरोना चेकजाँच गरेपछि मात्रै घर जाने अनुमति दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार