
काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार वीरगञ्जमा एकैदिन १७ जना संक्रमित भेटिएका हुन । संक्रमितमध्ये १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
त्यसमा एक जना दुई महिने शिशु पनि रहेको प्रवक्ता देवकोटाले बताए ।
यो सँगै नेपालमा अब कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यसअघि नेपालगंजमा एकैदिन १५ जना संक्रमित भेटिएका थिए ।











