काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आफ्नोबारेमा प्रश्न उठेपछि राजिनामा दिएको ट्वीट मार्फत जानकारी गराएका छन् ।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको कुराकानीको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिकपछि नैतिकताका आधारमा उनले राजिनमा दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’
बास्कोटाले कुराकानीमा ७० करोड कमिसन माग्नुका साथै अपशब्द प्रयोग गरेको विषय पनि उठ्को छ ।










