भक्तपुरकी कोरोना संक्रमित महिला सुन्सरीबाट आएकि थिइन्, संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङ सुरु

?

काठमाठौं । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा १ जना सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भयो । भक्तपुरमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।

प्रहरीले संक्रमितको बारेमा सोधिखोजि गर्दा भक्तपुरकी संक्रमिण महिला तीनअघि सुनसरीको झुम्काबाट आएको खुलेको छ ।  २५ वर्षीय ति महिला कसरी आएकी थिइन् भन्ने बारेमा भने विस्तृत विवरण आउन बाँकी रहेको छ ।

मंगलबार नै टेकु अस्पताल भर्ना गरिएकी ति युवतीको साथी स्टार्फ नर्स रहेकी छन् । उनको पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ।

यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन।

उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। उनलाई हिजैं साँझ टेकु अस्पताल लगिएको छ भने अहिले उनको परिवारलाई सिल गरिएको छ।

दुबै संक्रमितको सबै कुरा खुल्न नसकेकाले प्रहरीले उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको छ । उनीहरुको सम्पर्कमा आएका र अन्य हिस्ट्री लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्।  एकैदिन ८३ जना संक्रमित भेटिएकाे याे अहिलेसम्मकै ठूलो संख्या हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार