आइतबार थपिएका रौतहटका कोरोना संक्रमित भारतबाट आएका थिए

काठमाडौं । आइतबार विहानै रौतहटमा १० जना कोरोना संक्रमिट भेएिका छन् । उनीहरु रौतहटको राजपुर र इसनाथ नगरपालिका स्थानीय बासीन्दा हुन् ।

रौतहट राजपुर नगरपालिका फरहवा ९ का १८, ३२, ३६,३९ ३९,४२ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै रौतहटकै इशनाथ नगरापालिका ३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैजना केही दिनअघि मात्रै भारतको मुम्बई, गुजरातलगायतका ठाउँबाट आएको खुलेको छ । संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार