काठमाडौं उपत्यकासहित थप २७ जनामा कोरोना पुष्टि, संक्रमित ४०२ पुगे

काठमाडौं । नेपालमा थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा ३, भक्तपुर १, ललितपुरमा १, सिन्धुलीमा १, रामेछाप १, मकवापुर १, झापा ९, सुनसरी १, मोरङ १, सर्लाही २, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ जनामा संक्रमण भेटिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार उनिहरु १७ देखि ४२ बर्ष उमेर समुहका छन् ।
उनीहरुको सम्पर्कमा आएकाहरुको समेत खोजी भइरहेको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ भने निको हुने ३७ जना पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार