कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको हुन ।
आउजीको शव गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित सुर्योदय सामुदायीक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक पुरुष आइतबार बिहानै क्वारेनटिनबाट भागेको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताइन् । उनी गत साउन १ गते मात्रै भारतबाट फर्किएर गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बस्दै आएका थिए ।