
काठमाडौं । पहिरोमा परी काठमाडौं एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीका २२ वर्षीय नवराज गुरुङ रहेका छन् ।
आइतबार साँझ आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।
साथीभाइसँग आइतबार साँझ गागलफेदीको जङ्गलमा गएका उनको खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।










