‘डाक्टर गोविन्द केसीमाथिको अमानवीय व्यवहार तत्काल रोक्नुस’- चिकित्सक संघ


काठमाडौं । नपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक तथा अभियन्ता गोविन्द केसीमाथि सुरक्षाकर्मीबाट भइरहेको अमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।

संघले शनिवार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

“यस्तो मानवीय कार्य संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसंग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक, गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरकोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ”, जारी विज्ञप्तिमा भिनएको छ ।

डाक्टर केसीलाई बुधबार जुम्लामा प्रहरीले माथिको आदेश भन्दै घेराबन्दी गरेर भित्र बाहिर जान दिएको थिएन। केसी साउन ११ गतेदेखि जुम्लामा रहेका छन्।

जुम्लामा डा. गोविन्द केसीलाई प्रहरीको छेकबार हेर्नुहोस

जुम्लामा डा. गोविन्द केसीमाथि यस्तो अमानवीय ब्यवहार गरियो

जुम्लामा डा गोविन्द केसीमाथि यस्तो अमानवीय ब्यवहार गरियो ! Dr. Govind KC in Jumla.

Publiée par Anmol Media sur Samedi 29 août 2020

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार