
काठमाडौं । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप १ हजार ८ सय १८ जना कोरोना निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा उनीहरु घर फर्किएका हुन् ।
योसँगै अहिलेसम्म कोरोना निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ । पछिल्लो समय कोरोना संक्रमित निको हुने क्रम बढीरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











