
काठमाडौं । काँग्रेस युवा नेता गगन थापाले कोरोनालाई सामान्य नठान्न आग्ह गरेका छन् । शनिवार काठमाडौं महानगरका विभिन्न वडांहरुमा औषधिय गुण भएको जुर्गो रोपण तथा वितरण कार्यक्रमको शुभारम्भ गर्दै नेता थापाले संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न समेत सबैमा अनुरोध गरेका छन् ।
जुर्गोका बोटहरु महानगरको वडा ७, ९ र ३० मा रोपण तथा वितरण कार्यक्रममा काँग्रेस सांसद समेत रहेका थापाले भने,
“संक्रमणका कारण विशेषज्ञ स्वास्थ्य सेवा लिनुपर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ अपुग भइसक्यो । सबै अस्पताल भरिएका छन् । जोखिम थप बढ्न नदिन स्वास्थ्य सेवा मापदण्डको सबैले पालना गरौं ।”
गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता भएकाले यसलाई सबैले आ आफ्नो घरमा रोप्न र सेवन गर्न पनि सुझाव उनले सुझाव दिए । गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त नबनाउन समते उनले आग्रह गरे ।












