काठमाडौँ । रौतहटमा हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउत रहेकी छन् ।
उनको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी थिइन् ।
श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।