थप २२ सय बढीमा कोरोना पुष्टि, ३४ जनाको मृत्यु


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणबाट ३ हजार ४५१ जना निको भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार