
काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा खेपेका पूर्वमन्त्री तथा काँग्रेस नेता विजयकुमार गच्छदार रु १० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
बुधबार विशेष अदालतमा भएको वहशपछि नेता गच्छदारलाई रु १० लाख रुपैयाँ नगद धरौटी बुझाएर रिहा गर्न आदेश आएपछि उनि उक्त धरौटी बुझाएर रिहा भएका हुन् ।
बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए ।
विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका थिए । बिहान १० बजे उनी विशेष अदालतमा हाजिर भएर बयान दिएको विषेश अदालतले जनाएको छ ।
गतवर्ष बालुवाटारको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा नेता गच्छदार पनि थिए । उनिविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।
उक्त मुद्धामा एमाले महासचिव विष्णु पौडेलको नाम मुछिए पनि उनि भने जोगिएका थिए ।











