पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्धारा अस्विकार (आदेशको पुर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

चारैजना नेताले आफनो सांसद पद पुर्नबहाली पारिपाउँ भनि सर्वोच्चमा निवेदन दिएका थिए । पार्टी परित्याग गरी एमाले प्रवेश गएको भन्दै माओवादी केन्द्रले उनिहरुलाई कारवाही गरी पाटीृको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।

सर्वोच्चको आदेश पढ्नुहोस

यो पनि पढ्नुहोस

जयसिंह धामीको घटनामा गृहमन्त्रीले संसदमा भनेः ‘प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय गर्छ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार