उपेन्द्र यादवले भने, ‘केपी जतिको राष्ट्रघाती कोही देखिन’

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित पार्टीको प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयां नक्सापछि ओलीको राष्ट्रघात प्रष्ट भएको बताए।

नयाँ नक्सालाई संसदमा सबै दलले बहुमतका साथ पास गरेर राष्ट्रका लागि सबै एक भएको सन्देश दिएको भएपनि ओलीले त्यसमा बदमासी गरेको उनको भनाई छ । नक्सा जारीपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई जोगाइदेऊ भन्दै शरणमा परेर देशको शीर निहुराउने काम गरेको यादवले बताए ।

‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, भ्रममा पारेको अहिले देखा परिरहेको । केपी जतिको राष्ट्रघाती कोही पनि देखिन, अध्यक्ष यादवले भने ।

ओलीले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नै मास्ने प्रतिगमनकारी कदम चालेको भएपनि त्यसलाई आफुहरुले असफल बनाइदिएको यादवले दावी गरे । जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनबाट स्थापित संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र लगायतका महत्वपुर्ण उपलब्धीहरु समाप्त पार्ने षडयन्त्र अझै भइरहेकाले त्यसलाई पुर्ण असफल पार्न सबै परिर्बतनकारी शक्तीहरु एकजुट हुनुपर्नेमा उनले जोड समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार