
उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् ।
मतगणना परिणामअनुसार अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजकुमार राईले १ हजार ५ सय ८९ मत पाएका छन्। अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत प्राप्त गरेका छन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याइन्।
५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।











