
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले सत्तापक्ष गठबन्धनबीच मन्त्रि र मन्त्रालय बाँडफाँडबारे सहमती भइसकेकाले भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार भइ सरकारले पुर्णता पाउने बताएका हुन् ।
‘मन्त्रिमण्डल विस्तारमा ढिलाई हुनुमा दलहरुबीचको वैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा नै थियो। अहिले यो सबै सहमति पनि भइसकेको छ, दल निर्माण पनि भइसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अब भोलीसम्म सरकारले पुर्णता पाउँछ,नेता विश्वकर्माले भने ।
माधव नेपालको दल पनि सरकारमा सहभागी हुने भएपछि त्यो पर्खिंदा सरकारलाई पूर्णता दिन केही ढिलाई भएको नेता विश्वकर्माको भनाई थियो ।
मन्त्रिमण्डल विस्तारबारे आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियो । उक्त छलफलमा प्रचण्ड र नेपालले मन्त्रिहरुको नामावली प्रधानमन्त्री देउवालाई बुझाएको बताइएको छ ।











