
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई जनअपेक्षअनुसार काम गर्न निर्देशन दिएका छन् ।
आज साँझ १६ मन्त्री र २ राज्यमन्त्रीको शपथ लगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक डाकेर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता र जनताको अपेक्षा अनुसार उत्साह र इमानदारिताका साथ काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका छन् । गठबन्धन सरकारले आज ८८ दिनपछि पूर्णता पाएको हो ।














