दशैको मुखमा दुखद खबरः एकै परिवारका दुई बालकसहित तीन जनाको हत्या

धनुषा। दशैको मुखमा धनुषामा दुखद घटना घटेको छ । जिल्लाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार नगरपालिकाको वडा नम्बर ७ फुलगामा भन्ने ठाउँमा २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्यको शव घरभित्रै फेला परेको छ ।

घटनाको प्रारम्भिक अनुसंन्धानमा गुडियाले दुबै छोराको हत्या गरी आफूले पनि आत्महत्या देखिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले संचरकर्मीलाई बताए। उनकाअनुसार घटनाबारे थप अनुसंन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार