विश्वलाई तर्साउनेगरी उत्तर कोरियाद्धारा पनडुब्बीबाट नयाँ क्षेप्यास्त्र परीक्षण

काठमाडौं । उत्तर कोरियाले विश्वलाई तर्साउने गरी फेरी नयां क्षेप्यास्त्र परीक्षण गरेको छ । जसले विश्व शक्तीराष्ट्रहरु उत्तर कोरियासंग रुष्ट भएका छन् । अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई ‘उक्साहटपूर्ण कदम’ भन्दै निन्दा समेत गरेका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सी अलजजिराका अनुसार उक्त परीक्षण पनडुब्बीबाट परिएको थियो । राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकपूर्व बेलायत, फ्रान्स र अमेरिकाका राजदूतले उत्तर कोरियाको अर्को नयाँ क्षेप्यास्त्र परीक्षण उक्साहटपूर्ण भनेका हुन् ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम अगाडि बढाएकोमा अमेरिकासहितका पश्चिमा मुलुक आक्रोशित छन् ।

नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको हनोइ सम्मेलन परिमाणमुखी हुन नसकेपछि उत्तर कोरियाले दुई वर्षदेखि आफ्नो सैन्य क्षमतामा थप सुधार गर्दै आएको छ ।

राष्ट्रसंघीय प्रतिबन्ध अनुसार उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर पछिल्लो समय पनडुब्बीबाट हान्न मिल्ने, आणविक र तीव्र गतिका हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि अपरिहार्य भएको भन्दै क्षेप्यास्त्र परीक्षणको बचाउ गर्दै आएको छ । कोरियाली प्रायद्धीपमा चर्कँदो तनावका लागि अमेरिका दोषी रहेको उत्तर कोरियाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार