
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सभापतिमा आफ्नो दाबी कायमै रहेको बताएका हुन् ।
नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट आफु कुनै पनि हातलमा पछि नहट्ने बताए । कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उनको जिकिर छ ।
संस्थापनइतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला आकांक्षी छन् ।









