३० वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय


काठमाडौं । स्थानीय तहको निर्वाचन बैशाख ३० मा गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० मा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

सोही अनुसार आजको बैठकले बैशाख ३० मा गर्ने निर्णय गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार