
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले युक्रेन अहिले अत्यन्तै कठिन अवस्थामा रहेकाले विश्वले नै उसलाई सहयोग गर्नुपर्ने बताए ।
महासचिव गुटर्रेसले रुसको सैन्य आक्रमणबाट त्यहाँका लाखौंं नागरिक विस्थापित भइसकेकाले सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड समेत दिए ।
मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको उनको भनाई छ ।
रुस र युक्रेनबीचको जारी युद्धलाई लिएर अहिले विश्वनै तरंगित भएको छ भने विश्वशक्ती राष्टहरु यसलाई नजिकबाट नियाली रहेका छन् । यि दुई देशबीचको युद्धले कतै तेस्रो विश्व युद्ध त निम्त्याउँदै भन्ने चन्ता पनि प्रकट भइरहेका छन् ।











