युक्रेन आक्रमणको विरोध गर्दै पुटिनका अर्का विशेष प्रतिनिधिले दिए राजीनामा


काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।

युक्रेनमाथि बर्बर आक्रमण गरेको भन्दै पुटिनका सहयोगी एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी भएको अन्तराष्टिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

रुसले युक्रेनमा बर्बर आक्रमण जारी राखेको भन्दै त्यसको विरोधमा गत हप्तामात्रै दिमित्री मेदभेदेवका वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरेका अर्केदी दोर्कोभिचले सरकार समर्थित स्कोल्कोभो टेक्नोलोजी फण्डको प्रमुख पदबाट राजीनामा दिएका थिए ।
युद्ध रोक्न पुटिनलाई विश्वब्यापी दवाब आइरहेको भएपनि उनले आक्रमण झन आर्कामक बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार