भोजपुर । भाजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थाम बहादुर राई बिजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले ३ हजार ७७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका बलरामले २ हजार ८५१ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पनि गठबन्धनबाटै काँग्रेसका वीरेन्द्र राई ३ हजार ५७७ मत ल्याई निर्वाचित भए भने एमालेका कमला देवी राईले २ हजार २१४ मत पाए ।
पालिकाका वडा १, ३ र ४ मा माओवादी केन्द्र बिजयी भएको छ भने वडा नम्बर ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएका छ। वडा नम्बर २ भने स्वतन्त्र उमेरदवार राजकुमार तामाङले जितेका छन् ।










