विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते


मोरङ । मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । गएराती दुई समुहबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसिइबीका कारण झडप भएको प्रहरीको भनाई छ।
दोहोरो झडपमा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घाइतेहरुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार अन्य घाइते हुनेमा राजवंशीको समूहका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी रहेका छन् । त्यस्तै कामत समुहका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार