आकांक्षी व्यवस्थापन गर्न पनि १०० सिट चाहिन्छ नत्र कांग्रेसमा विद्रोह हुनसक्छः शेखर कोइराला


धनुषा । आगामी चुनावमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्ने बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसलाई १०० सिट चाहिए ढिपी दोहोर्याएका छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट नपाएका काँग्रेसमै विद्रोह हुन सक्ने उनले चेतावनी पनि दिए।

आज धनुषाको जनकपुरमा नेपाल प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न पनि १०० सिट चाहिने बताए।

चुनावमा गठबन्धन दलहरुसंग तालमेल गर्दा काँग्रेसले धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक मत पनि घट्ने उनको भनाई छ । सिछ बाँडफाँटबारे आज र भोलि भित्रमा नेताहरुले टुंगो लगाइसक्ने समेत उनले जानकारी दिए ।

सिट बाँटफाँट पेचिलो बन्दै जाँदा गठबन्धनमा रहेका दलहरुले आफ्ना उम्मेदवारको टुंगो पनि लगाउन पनि सकिरहेका छैनन् । काँग्रेसभित्रको कोइराला समुहले १०० मा ढिपी कसिरहेको छ भने देउवा समुहले सहमतीका काँग्रेसलाई कम्तिमा ८५ सिट राखेर चुनावमा जान सकिने मनसायमा देखिन्छ । काँग्रेसले आफ्नो हैसियत भन्दा बढी सिट मागेको भन्दै गठबन्धनमा रहेका माओवादी केन्द्र र एकिकृत समाजवादीले असन्तुष्टी पोखिरहेका छन् । यद्यपी, शिर्ष नेताहरुले सहमती नजिक पुगेका बताइरहेका छन् ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार