मगर जाति समानुपातिकमा मात्रै होइन, सिंङ्गल सिंङ्गल भिड्ने पनि हो– प्रेम आले

डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु हुँदैन्


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले मगरहरु समानुपातिकमा मात्रै बस्ने नभएर एक्लाएक्लै हरेक जातिसंग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय तिनकुने आलोकनगरमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका आलेले मगरहरु सधैं समानुपातिकमा मात्रै नबसेर प्रत्यक्ष निर्वाचित भई देशको नेतृत्व तहमा पुग्नुपर्ने बताएका हुन ।

‘मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति होइन, मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति हो । त्यसैले प्रत्यक्ष निर्वाचित भएर देशको नेतृत्व तहा पुग्नुपर्दछ’, नेता आलेले भने । उनले आगामी निर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाउने गरी निर्वाचनमा सबै लाग्न निर्देशन पनि दिए ।

नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिंदैन् भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताए ।

‘डोटी जिल्लामा गठबन्धन चांहिदैन् भन्दै भेला गर्दै हिंडेका छन्, यदि डोटीमा गठबन्धन हुँदैन् भने ७७ वटै जिल्लामा गठबन्धन गर्नु हुँदैन्’, उनले भने ।
स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनका ठुला दलहरुले समाजवादीको गलत मुल्याङ्कन गरेकाले त्यसप्रति आफुहरुको ध्यानाकर्षण भएको नो आलेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार