
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान हुनुपर्ने भन्दै ब्रिफिङ गरेका छन् । उनले मंगलबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै पुन: मतदान गर्नुपर्ने ब्रिफिङ गराएका हुन् ।
एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका छन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँदली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’
उनको पराजयका विषयमा नेकपा एकीकृत समाजवादी पार्टीले समेत खोजबिन गर्ने भएको छ ।













