जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, दुई गम्भीर घाइते

File photo


जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे ४ बजे जाजरकोटको छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भएर सडकबाट करिब २०० मिटर तल खसेको जाजरकोट प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले बताए । उनकाअनुसार घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धार कार्यमा खटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार